राजनीतिसमाचार

प्रधानमन्त्रीको सचिवालयका ५० प्रतिशत कर्मचारी कटौती

प्रधानमन्त्री पुष्पकमल दाहालले निजी र स्वकीय सचिवालयका ५० प्रतिशत कर्मचारी कटौती गरेका छन् ।

प्रधानमन्त्रीको दैनिक काम प्रभावकरी बनाउन सचिवालयको आकार घटाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सचिवालयको काम प्रभावकारी नभएको गुनासो आएपछि आकार सानो बनाइएको सचिवालयको भनाइ छ ।

राजनीतिक नियुक्ति लिएर आएका र अन्य मन्त्रालय, कार्यालय र संस्थानबाट काममा आएका सचिवालयका कर्मचारी कटौती गरिएको स्वकीय सचिब रमेश मल्लले जानकारी दिए । गत वर्ष दाहाल प्रधानमन्त्री चयन भएपछि सल्लाहकार, विज्ञ र अन्य गरी ३५ जना नियुक्त भएका थिए । निजी सचिवालयमा बिभिन्न मन्त्रालय, कार्यालय र संस्थानबाट काजमा आएका १० कर्मचारीलाई फिर्ता पठाइएको छ । अब उनको निजी सचिवालय (सरकारी कर्मचारी) १० जना मात्र कार्यरत छन् ।

यसैगरी प्रधानमन्त्री कार्यालयका सचिव, सहसचिवलगायत ६८ कर्मचारीको दरबन्दी कटौती गरिएको छ भने महाशाखा र शाखाहरू घटाउन गृहकार्य भइरहेको छ ।

Related Articles

Back to top button