समाचार

सुर्खेतमा दुई वटा गाडी एकापसमा ठोक्किँदा ११ जना घाइते

सुर्खेतमा दुई वटा गाडी एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् ।

आइतबार दिउँसो भेरीगंगा नगरपालिका–१३ को पैसठी भन्ने ठाउँमा स्कार्पियो र भ्यान एकापसमा ठोक्किएको थियो।जिल्ला ट्राफिक कार्यालयले दिएको जानकारी अनुसार दुई वटै गाडीमा सवार ११ जना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर छ ।

राजधानी वीरेन्द्रनगरबाट नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०१७१ नम्बरको स्कार्पियो र विपरीत दिशाबाट आइरहेको भे १ ज ७४३ नम्बरको भ्यान एकापसमा ठोक्किएको  थियो ।

 

Related Articles

Back to top button