राजनीतिसमाचार

मेलम्चीको पानीमा बालेनको टिप्पणी : मुहानको जोखिम समाधान नगरी उद्घाटन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी उद्घाटन गरेर राजनीतिक स्टन्ट मात्र गरेको टिप्पणी गरेका छन् ।

सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले मेलम्ची आयोजनाको प्राविधिक जोखिको आकलन र समाधान नगरी राजनीतिक स्टन्टकै लागि मात्र काठमाडौं ल्याउने र उद्घाटन गरेर झुक्याइएको भन्दै आक्रोश पोखेका छन् ।

‘प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनैतिक स्टन्टकै लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोज्नु उदघाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो’ बालेनले लेखेका छन् ।

https://www.facebook.com/100044467927963/posts/pfbid037EzSbc2ZrTNRCCBmKbjZyEoPXmZQQB8T6hk26iniDp1q4YMSj9Djsm14Zq2E9B4El/?app=fbl

Related Articles

Back to top button