समाचार

बीपीका शिक्षक आन्दोलनले पठनपाठन अवरुद्ध

चिकित्सक र कर्मचारीहरुको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा प्रभावित बनेको छ ।

चिकित्सक र कर्मचारीहरु आइतबारदेखि काम छाडेर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य उपचार सेवा प्रभावित बनेको हो । प्रतिष्ठान व्यवस्थापनले बढुवा प्रक्रिया अगाडि नबढाएकामा असन्तुष्ट बनेका चिकित्सक र कर्मचारीहरु लामो समयदेखि आन्दोलित छन् । यसअघि भएको आन्दोलनका क्रममा समस्याको समाधान गर्ने आश्वासन दिए पनि त्यसअनुसार पहल नभएपछि उनीहरु फेरि आन्दोलनमा उत्रिएका हुन् ।

आकस्मिक बाहेकका सेवा ठप्प हुँदा उपचारका लागि पुग्ने बिरामीले सहज रुपमा सेवा पाउन सकेका छैनन् ।

Related Articles

Back to top button