अन्तर्राष्ट्रियसमाचार

इराक र सिरीयामा रहेका इरानी अखडाहरुमा अमेरिका आक्रमण गर्ने तयारीमा

अमेरिकाले सिरिया र इराकमा रहेका इरान समर्थित लडाकु समुहका अखडाहरुमा शृंखलाबद्ध हमला गर्ने योजनालाई अनुमोदन गरेको छ । अमेरिकी अधिकारीहरुका अनुसार यो हमला केही दिनसम्म चल्नेछ ।

सिरियाको सीमा नजिक रहेको जोर्डनको एक अमेरिकी सैन्य आधार शिविरमा गत आइतबार भएको ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु भएपछि अमेरिकाले जवाफी कारवाहीको तयारी गरेको हो ।

अमेरिकाले उक्त आक्रमणका लागि इरान समर्थित लडाकु समूहलाई दोष दिएको छ । अमेरिकाले सिरीया र इराकमा इरान समर्थित समुहमाथि श्रृंखलाबद्ध आक्रमण गर्ने जानकारी गराएपनि उक्त आक्रमण कहिले सुरु हुन्छ र कति दिनसम्म चल्छ भन्नेबारे केही खुलाएको छैन ।

Related Articles

Back to top button