खेलकुदसमाचार

नेपालले वेस्ट एसियन वुमन च्याम्पियनसिपमा सहभागिता जनाउने

नेपालले साउदी अरेबियामा हुने वेस्ट एसियन वुमन च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाको आपतकालिन समितिको बैठकले साउदी अरेबियामा हुने च्याम्पियनसिपमा सहभागिता जनाउने निर्णय गरेको हो ।

वेस्टन एसियन फुटबल फेडेरेसन वुमन च्याम्पियनसिप आगामी फेब्रुअरी १९ देखि २८ गतेसम्म साउदी अरेबियामा आयोजना हुदैछ । प्रतियोगितामा सहभागिताका लागि प्राप्त निमन्त्रणालाई स्वीकार गर्दै एन्फाले नेपालले वेस्ट एसियन वुमन च्याम्पियनसिपमा सहभागिता जनाउने निर्णय गरेको हो ।

बैठकले माघ २७ गते चीनको युथ टिम र नेपालको राष्ट्रिय युथ टिमबीच मैत्रीपूर्ण फुटबल खेलाउने निर्णय पनि गरेको छ । उक्त खेल दशरथ रंगशालामा हुनेछ ।

Related Articles

Back to top button