खेलकुदसमाचार

आर्मीलाई हराउँदै बागमती ३ विकेटले विजयी

बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । बुधबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको हो ।

आर्मीले दिएको ९८ रनको लक्ष्य पछाएको बागमती प्रदेशले २२.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि बागमतीका सूर्य तामाङले ५ विकेट लिएपछि आर्मीको ब्याटिङ लाइन धराशायी भएको थियो । टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७.१ ओभरमा अलआउट हुँदै ९७ रन मात्र बनाएको थियो । बागमती प्रदेशको जारी प्रतियोगितामा दोस्रो जित हो । ४ खेलमा २ जित र २ हारसहित बागमतीको ४ अंक भएको छ । त्यस्तै आर्मीको भने यो दोस्रो खेलमा पहिलो हार हो ।

अब आर्मीले अर्को खेल बिहिबार कोशी प्रदेशविरुद्ध खेल्ने छ भने बागमती प्रदेशले शुक्रबार कोशी प्रदेशविरुद्ध नै खेल्ने छ ।

Related Articles

Back to top button