समाचारस्वास्थ्य

वीर अस्पतालमा विरामीलाई दिइने खाना र अक्सिन सुविधा नरोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले वीर अस्पतालमा विरामीका लागि खाना र खाजालगायतका सुविधा नखोस्न आदेश दिएको छ ।

अधिवक्ता विमल पोखरेलले हालेको रीटमा शुक्रबार भएको सुनुवाईपछि न्यायाधीशद्वय हरि फुयाँल र बालकृष्ण ढकालको इजलासले विरामीको खाना, खाजा र अक्सिनजको सुविधा कटौती नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।अधिवक्ता पोखरेलले १३७ वर्षदेखि विरामीलाई दिइदै आएको खाना, खाजा र अक्सिजनको बजेट काटेर सरकारले खेलवाड गरेको दाबी गर्दै रिट दायर गर्नुभएको थियो । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत खाना र खाजाको बजेट घटाएको थियो ।

विनियोजित बजेट सकिएपछि वीर अस्पतालले विरामीको खाना तथा खाजा सुविधा कटौती गरेको छ ।

Related Articles

Back to top button