राजनीतिसमाचार

कांग्रेसलाई ठूलो दल बनाएर छाड्छौं : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि पनि कांग्रेसलाई ठूलो दल बनाएर छाड्ने बताएका छन् ।

सोमबार कांग्रेसको दोस्रा पर्वत जिल्ला सम्मेलनमा उनले पार्टीभित्र मिलेर काम गर्नुपर्ने बताए । उनले भने ‘एकले अर्काको खुट्टा तानेर सफल भइँदैन, मिलेर काम गर्नुपर्छ । फेरि पनि कांग्रेसलाई ठूलो दल बनाएर छाडने बताए ।एक्लै बहुमत आउने अवस्था आए कांग्रेस एकल निर्वाचनमा जाने बताए ।

‘चुनौतीहरू सामना गरेर जानुपर्छ, त्यसैले कांग्रेसले गठबन्धन गरेको हो । राष्ट्रका कतिपय चुनौती मिलेर समाधान गर्नुपर्छ,’ उनले भने ।

Related Articles

Back to top button