समाचार

काठमाडौं महानगरको कार्यालय अगाडी सडक व्यवसायीहरुकाे प्रदर्शन

काठमाडौं महानगरपालिकाले आफुहरुलाई दमन गरेको भन्दै सडक व्यवसायीहरुले महानगरको कार्यालयअगाडी प्रदर्शन गरेका छन् ।

महानगरले तोकेको समयमा सडकमा व्यापार गर्दा पनि आफुहरुको सामान खोस्ने काम गरेको भन्दै उनीहरुले महानगरको कार्यालयअगाडी प्रदर्शन गरेका हुन् ।निर्वाध रुपमा आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग राखेका छन् । त्यस्तै उनीहरुले यसअघि महानगरसंग भएको चार बुँदे सहमति कार्यान्वयन गर्न महानगरसमक्ष आग्रह गरेका छन् ।

चार दिन अगाडी काठमाडौंको रत्नपार्क क्षेत्रमा राती साढे ८ बजे महानगरले लुटपाट शैलीमा सामान खोसेको सडक व्यवसायीहरुको आरोप छ ।

Related Articles

Check Also
Close
Back to top button