राजनीतिसमाचार

हर्क साम्पाङले गरे मतदान बहिष्कार

धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् ।

साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । व्यस्त भएका कारण भोट हाल्न नआउने उनले बताए ।त्यस्तै काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले पनि राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान बहिष्कार गरेका छन् । बालेनले पनि कार्यव्यस्तताको कारण देखाउँदै मतदान बहिस्कार गरेका हुन् । बालेन नियमित वडाध्यक्षहरूसँग भेटघाटसहितका कार्यक्रममा व्यस्त छन् । तर, उपमेयर सुनिता डंगोल भने भोट हाल्न हेटौंडा पुगिसकेकी छिन् ।

राष्ट्रिय सभाको १९ सिटका लागि अहिले मतदान जारी रहेको छ ।

Related Articles

Back to top button