समाचार

तनहुँ जलविद्युत् आयोजना: २८ वटा सुरुङ खनियो

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना हालसम्म २८ वटा सुरुङ खन्ने काम सकिएको छ ।

ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन आयोजनाको प्याकेज एक र प्याकेज दुईतर्फ गरी कुल २८ वटा सुरुङ खन्ने काम सकिएको हो ।प्याकेज एकतर्फ १० वटा तथा प्याकेज दुईतर्फ १८ वटा सुरुङ खनिएको छ ।

एक हजार चार सय ५६ मिटरको हेडरेस सुरुङमध्ये हालसम्म एक हजार दुई सय २० मिटर सुरुङ खनिसकिएको छ भने बाँकी खन्नेकार्य जारी रहेको छ ।

 

Related Articles

Back to top button