राजनीतिसमाचार

कांग्रेसले अहिल्यै गठबन्धनको साथ छाड्न मिल्दैन: सिंह

नेपाली  कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले अहिल्यै कांग्रेसले गठबन्धनको साथ छाडन नमिल्ने बताएका छन् ।

नेपाली कांग्रेसको ७८औं स्थापना दिवसको अवसरमा हेटौंडामा भएको कार्यक्रममा पूर्वमहामन्त्री सिंहले संविधान जारी गर्दा र संविधान बचाउनसँगै हातेमालो गरेका दलहरुको साथ तुरुन्तै छाडन नहुने बताए ।नेता सिंहले नेपाली राजनीतिमा विश्वासको वातावरण भने कमजोर भएको आफूले महसुस गरेको उल्लेख गरे ।

उनले राजनीतिक दलहरुमा यस्ताखाले समस्या भए मुलुकले दुःख पाउने बताए ।उनले भने, ‘केही नयाँ भनिएका दलहरुले आममानिसमा व्यवस्था परिवर्तन हुँदा पनि अवस्था परिवर्तन नभएको भन्दै जनतामा भ्रम छर्ने काम गरेका छन् ।

Related Articles

Back to top button