खेलकुदसमाचार

अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश

नेपाल आइसिसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ। अफगानिस्तानलाई पराजित गर्दै नेपाल दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको हो।

१४६ रनको लक्ष्य पछ्याएको नेपालले ४४.४ ओभरमा अफगानस्थानमाथि १ विकेटको जित निकालेको छ । नेपालले ३२ बल बाँकी हुँदा १४९ रन बनायो ।नेपालको जितका लागि कप्तान देव खनालले अर्धशतक महत्त्वपूर्ण बन्यो।

शुक्रबार दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्क मैदानमा टस हारेर बलिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा १० विकेट लिँदै अफगानिस्तानलाई १४५ रनमा समेटेको थियो।

समूह ‘डी’मा रहेको नेपाल यसअघि लगातार दुई खेलमा पराजित भएको नेपालले सुपर सिक्सको यात्रा तय गर्न सफल भएको छ ।

Related Articles

Back to top button