समाचारसूचना प्रबिधिस्वास्थ्य

महानगरभित्र कटन क्यान्डी बिक्री वितरण गरे पाँच हजारदेखि दुई लाखसम्म जरिवाना

काठमाडौँ महानगरपालिकाले अखाद्य रङयुक्त कटन क्यान्डी प्रयोग, उत्पादन तथा बिक्रीमा रोक लगाएको छ ।

महानगरपालिका क्षेत्रभित्र बिक्री गरिँदै आएको कटन क्यान्डीको खाद्य गुणस्तर परीक्षण गर्दा त्यसमा अखाद्य तत्त्व मिसाइएको पाइएकोले त्यसले आम उपभोक्ताको स्वास्थ्यमा असर गरेको महानगरले जनाएको छ ।

यदि काठमाडौँ महानगरपालिका क्षेत्रभित्र अखाद्य वस्तु उत्पादन, बिक्री वितरण गरेको पाइएमा पाँच हजारदेखि दुई लाख रुपैयाँसम्म जरिबाना हुने समेत महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

Related Articles

Back to top button