अन्तर्राष्ट्रियसमाचार

पाकिस्तानमा आतंकवादी समुहविरुद्ध इरानको हवाई हमला

इरानले पाकिस्तानको बलुचिस्तान प्रान्तमा मिसाइल र ड्रोन आक्रमण गरेको स्वीकार गरेको छ ।

इरान विरोधी आतंकवादी समुह जैश अल–अदलीलाई लक्षित गरेर हवाई हमला गरेको इरानको दाबी छ । तर पाकिस्तानी अधिकारीहरुले भने बलुचिस्तानमा भएको आक्रमणमा दुई बालबालिकाको मृत्यु भएको र तीन जना घाइते भएको बताएका छन् ।घटनाले एसियाका दुई आणविक मुलुक इरान र पाकिस्तानबिच तनाव बढेको छ । पाकिस्तान सरकारले इरानमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ भने इरानी राजदूतलाई तेहरान फर्किनबाट रोकेको छ ।

इरानले यो हप्ताको सुरुमा इराक र सिरियामा पनि यस्तै हवाई हमला गरेको थियो ।

Related Articles

Back to top button