समाचार

गायिका रचना रिमाल सवार गाडी दुर्घटना

गायिका रचना रिमाल सवार गाडी दुर्घटनामा परेको छ । आज बेलुका रिमाल सवार स्कारपियोलाई विपरित दिशाबाट आइरहेको बाप्र ०३.०१ ख २११८ को नम्बरको ट्रकले बाँकेको सिक्टा नजिकै ठक्कर दिएको हो ।

गायिका रिमाल नेपालगन्जबाट दाङको लमही महोत्सवमा जाँदै थिइन् । दुर्घटनामा गायिका रिमाल सकुशल छिन् भने रिमालसँगै सवार शिवु खनाललाई घुँडामा चोट लागेको छ ।

गायिका रिमालले पनि दुर्घटनामा आफू सुरक्षित रहेको जानकारी सामाजिक संजालबाट दिनुभएको छ । दुर्घटनापछि रिमाल अर्को गाडीमा चढेर रिमाल महोत्सव आयोजनास्थल पुग्नुभएको छ । रिमालले आज बेलुका लमही महोत्सवमा प्रस्तुति दिने कार्यक्रम थियो ।

अब सोमबार उक्त महोत्सवमा प्रस्तुति दिने जानकारी उहँले दिनुभएको छ ।

Related Articles

Back to top button