अर्थतन्त्रसमाचार

जनवरीमा भित्रिए ७९ हजार पर्यटक

सन् २०२४ को पहिलो महिना जनवरीमा विभिन्न देशबाट ७९ हजार एक सय पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या अघिल्लो जनवरीको तुलनामा ४४ प्रतिशत बढी हो ।

कोभिड महामारी फैलिनुअघि जनवरी २०१९ सँग तुलना गर्दा पर्यटक आगमन ९७ प्रतिशत रिकभरी भएको छ । सन् २०१९ जनवरीमा ८१ हजार दुई सय ७३ पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ ।जनवरी २०२१ मा आठ हजार आठ सय ७४, जनवरी २०२२ मा १६ हजार नौ सय ७५, जनवरी २०२३ मा ५५ हजार ७४ पर्यटक नेपाल भ्रमणमा आएका थिए । यस्तै, जनवरीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर ८१ हजार आठ सय ९७ जना विभिन्न देशमा गएका छन् ।

जनवरीमा २४ हजार एक सय ३९ भारतीय पर्यटक भित्रिएका हुन् । यस्तै, चीनबाट सात हजार दुई सय ६७, अमेरिकाबाट सात हजार ४७ पर्यटक भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

Related Articles

Back to top button