समाचार

ग्रामिण ललितपुरमा बिद्दुतिय दुर्घटना बढ्दो,पाँच बर्षमा १० मृत्यु

ललितपुर –प्रबिधिको बिकाश संगै बिद्दुतिय सामग्री हरुले मानिसको जिवनयापनमा धेरै सहज बनाईदिएको छ। ठुला उद्योग होस या सामान्य किसान सबैलाइ बिद्दुतिय सामग्रीले सरलीकरण गरेकै छ।आजको समयमा मानिसको एउटा अंग जस्तै बनेको बिद्दुत नपत्याउदो तरिका बाट धेरैको ज्यान एसै बाट गैरहेको छ।हामिले दैनिक उपभोग गर्ने बिद्दुतिय सामग्री हरुको हेलचेक्राइ होस या बिद्दुत प्रदायक संस्थाको लापरबाही बाट अपत्यारिलो तरिका बाट दुर्घटना बढिरहेको छ।

भौगोलिक हिसाबले बिकट रहेको दक्षिण ललितपुरमा बिद्दुतिय दुर्घटना अप्रत्याशित रुपमा बढदै गएको पाइन्छ।पछिल्लो पाँच बर्षको नतिजा हेर्ने हो भने बागमती गाउँपालिका,कोन्ज्योसोम गाउँपालिका ,माहाङ्काल गाउपालिका र गोदावरी नगरपालिकाको केही अर्ध सहरी क्षेत्र हरुमा बिद्दुतिय दुर्घटना बाट मात्र १० जना भन्दा बढिको ज्यान गैसकेको छ।

एसरी ज्यान गुमाउनेमा कहि कतै बिद्दुत प्रदान गर्ने संस्थाको लापरबाही देखिन्छ भने कुनै कुनै घटना ब्यक्ती स्वयमको लापरबाहीको कारणले भएको देखिन्छ।केही समय अगाडि सामान्य हावा चल्दा बागमती गाउँपालिका – इकुडोलमा हाइटेसन लाइन सट भएर डढेलो गएको थियो यहि घटना बाट पनि धेरै कुरा नजर अन्दाज गर्न सक्छौ ।

०७६ साल भाद्र सात गते बागमती गाउँपालिका-३ भट्टेडाडाम क्रेनको बुम उचाल्ने क्रममा गुल्मी तम्घासका बिकाश कार्की को ज्यान गयो।०७७ जेठ १४ गते बागमति इकुडोलका हिरालाल भोम्जनको आफ्नै घरमा करेन्ट लागेर ज्यान गयो।०७९ असार एक गते सोही गाउँपालिका ३ अन्तर्गत पर्ने झाकृडाडाका रामहरी बजगाईको करेन्ट लागेर मृत्यु भयो।साथै ०७९ असार तीस गते भट्टेडांडामा नेटको तार बनाउने क्रममा मिलन बोम्जनको मृत्यु भयो।

त्यसै गरि ०७८ पौष २२ गते कोन्जोसोम गाउँपालिकामा बिद्दुतको पोल बाट करेन्ट प्रवाह भइ सोही गाउँपालिका-३ बस्ने सम्भु घिमिरेको निधन भयो।२०७६ माहाङकाल गाउँपालिका-५ का प्रताप सिंह लोप्चनको पनि करेन्ट लागेर मृत्यु भयो भने गोदावरी नगरपालिका भित्रका केही अर्ध सहरी क्षेत्रमा पनि यो अवधिमा पांच जना भन्दा बढिको करेन्ट लागेर मृतु भएको देखिन्छ।

माथिको घटना क्रमलाई हेर्ने हो भने सहरी क्षेत्र भन्दा ग्रामिण क्षेत्रमा करेन्ट लागेर मृत्यु हुनेको संख्या बढदो देखिन्छ।यसरी मृत्यु हुनेहरु मध्य केही आफ्नै लापरबाही बाट भएको छन भने केही घटना बिद्दुत प्रदायक संस्थाहरुको लापरबाहीले भएको स्पष्ट देखिन्छ।तीन गाउँपालिकाको तुलनामा बागमती गाउँपालिका भित्र अझ बढी करेन्ट लागेर मृत्यु भएको छ।

ग्रामिण बिद्दुत प्रदायक संस्था दक्षिण ललितपुर ग्रामीण बिद्दुत सहकारीका अध्यक्ष गोबिन्द बजगाईका अनुसार ग्रामीण क्षेत्रमा बिद्दुततिय दुर्घटना रोक्न हरदम प्रयास भैरहेको बताउछन।हामिले सुधार गर्नु पर्ने धेरै कुराहरु छ क्रमिक रुपमा सुधार पनि भैरहेको छ।कतिपय हाइटेसन लाइन ट्रान्सर्फमर ब्यक्तिको जग्गा बाट परेको छ एसो हुदा हरिया रुख हरु काट्न दिदैनन एस्ले गर्दा हामिले चाहेर पनि भनेजस्तो काम गर्न नसकेको बताउछन्।अघिल्ला केही बर्ष हरुको तुलनामा भने निकै सुधार भएको बजगाई बताउछन।

Related Articles

Back to top button