समाचार

बागमतीले ल्यायो ६२ करोड ५५ लाख बजेट( पुर्ण पाठ)

नवराज कार्की,ललितपुर –बागमती गाउपालिकाले आगामि आर्थिक बर्ष ०७९/८० को लागि कुल ६२ करोड ५५ लाख ९६ हजार बजेट बिनियोजित गरेको छ।

बागमती गाउपालिकाको दोश्रो गाउँ सभाको प्रथम अधिबेशनमा आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुँदै पालिका अध्यक्ष वीर बाहादुर लोप्चनले प्राबिधिक तथा बैज्ञानिक शिक्षाको लागि बिधालय सुधार कार्यक्रम,हरेक सामुदायिक बिधालयहरुमा बिद्दुतिय हाजिरी,हरेक बिद्यालयमा ईन्टरनेट साथै सार्वजनिक सुनुवाइ,उत्कृष्ट शिक्षक हरुलाइ पुरस्कृत गर्दै आर्थिक अवस्था कमजोर भएका दलित महिला पिछडिएका साथै द्वन्द पिडित बिद्यार्थी हरुलाइ पुर्ण देखि आंसिक छात्र बृद्दी,एक बिधालय एक नर्सको प्राबधान,स्थानिय भाषा संरक्षण साथै प्रबर्द्धन गर्नको निमित्त तामाङ भाषाको पाठ्यसामग्रीको ब्यबस्था,शैक्षिक दरबन्दी,इसिडी शिक्षक को लागि मासिक १५००/- तलब ब्यबस्था गर्ने नीति ल्याएकोहो।

त्यसैगरी पालिका स्थरिय थाङ्सिनटार अस्पताल लाई ब्यबस्थित गर्ने,सुत्केरी महिलालाई २०००/- भत्ता उपलब्ध गर्ने,निशुल्क एम्बुलेन्स सेवा,स्वास्थ बिमा,स्वास्थ बिमाको लागि ५० लाख पालिका बाट अनुदान को ब्यबस्था, पालिकामा संचालित दुई ओटा एम्बुलेन्स लाई कार्यबिधी बनाएर ब्यबस्थित गर्ने, हरेक वडा मा खानेपानीको सुबिधा,सार्वजनिक सौचालयको ब्यबस्था,संस्कृतिक पर्वको जगेर्ना, युवा हरुलाइ खेलखुद प्रती आकर्षण गर्न खयरघारी लाई मिनि रंगसाला निर्माण, बाल मैत्री, अपाङ मैत्री स्थानिय वडा निर्माण गर्ने , एकम पुरुष र महिला लाई दिइरहेको भत्तालाइ निरंतरता साथै पालिका भित्र रहेका पर्यटकीय क्षत्रहरुलाइ ब्यबस्थित गर्ने नीति प्रस्तुत गर्नु भएको थियो।

अधिबेशन लाई सम्बोधन गर्नु हुँदै जिल्ला समन्वय समितिका प्रमुख ऋषि फ्युयालले आगामी दिनहरुमा पालिकाले गरेको काम हरुलाइ प्रत्यक्ष अनुगमन गरि आवस्यक सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्ति गर्नु भयो।जि स स उप प्रमुख राम लाल थिङ ले पालिका भित्र रहेका संघ सस्था लाई ब्यबस्थित गर्दै कृषि लाई पहिलो प्राथमिक्ता दिन समेत पहल गर्ने बताउनु भयो, लामाले पालिकामा ७०% भन्दा बढी कृषि कर्म गर्ने ब्यक्ती भएको हुदा युवा लक्षित कृषि कार्यक्र्म ल्याउनु पर्ने बताउनु भयो।

कार्यक्रम मा निबर्तमान उपाध्यक्ष रन्जना घिमिरे तिमल्सिनाले न्यायिक समितिलाइ आगामी दिन मा सुस्त दुरुस्थ रुपमा काम गर्न सुझाव दिनु भयो, साथै पालिकाले सम्झेको खण्डमा गर्न पर्ने सहयोग कुनै पनि समयमा गर्न तयार रहेको स्पष्ट पार्नु भयो।

कार्यक्रमा नव निर्वाचित वडा अध्यक्ष सदस्य,अधिकारकर्मी ,पत्रकार, गाउपालिका कर्मचारी हरुको बाक्लो उपस्थितमा सम्पन्न भएको थियो।

आर्थिक बर्ष ०७९/८० को लागि बिनियोजित बजेट को पुर्ण पाठ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button