अन्तर्राष्ट्रियसमाचार

भारतलाई ड्रोन बेच्न अमेरिकाले दियो अनुमति

मेरिकी गृह मन्त्रालयले अमेरिकालाई ४ अर्ब डलर मूल्य बराबरको सशस्त्र ड्रोन, मिसाइल र अन्य उपकरणहरू बेच्ने प्रस्तावलाई मन्जुरी दिएको छ ।

यो सम्झौता सन् २०२३ को जुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको समयमा घोषणा भएको थियो ।तर अमेरिकी भूमिमा पृथकतावादी खलिस्तानी नेताको हत्या गरेको आरोपपछि डिसेम्बरमा सिनेटको समितिले सो सम्झौतालाई रोक्का गरिदिएको थियो । अमेरिकी कङ्ग्रेसले अनुमोदन गरेपछि यो सम्झौता पूरा हुने देखिएको छ ।

सम्झौताअन्तर्गत भारतले अमेरिकासँग ३१ थान सशस्त्र एमक्यू–९ बी गार्डियन ड्रोन, १७० एजीएम–११४आर हेलफायर मिसाइल र ३१० थान लेजर बम्ब, सञ्चार र सर्भिलियन्स उपकरण आदि किन्ने पेन्टागनले बताएको छ ।

Related Articles

Back to top button