खेलकुदसमाचार

यू-१९ विश्वकप : दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तानको प्रतिस्पर्धा अस्ट्रेलियासँग

यू-१९ विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तानले अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ।

पहिलो सेमिफाइनलमा आयोजक दक्षिण अफ्रिकालाई दुई विकेटले हराउँदै भारत फाइनल पुगिसकेको छ। दोस्रो सेमिफाइनलको विजेताले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ।समूह ‘सी’मा रहेको अस्ट्रेलिया विश्वकपका सबै खेलमा अपराजित हुँदै सेमिफाइनल पुगेको हो। समूह चरणको पहिलो खेलमा नामिबियालाई ४ विकेटले पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा जिम्बाबेमाथि २२५ रनको विशाल अन्तरको जित निकालेको थियो। समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६ विकेटले पराजित गरेको अस्ट्रेलिया समूह विजेता बन्दै सुपर सिक्समा पुगेको हो।

सुपर सिक्सको पहिलो खेलमा इग्ल्यिाण्डलाई डिएल पद्धतिमा ११० रनले पराजित गरेको अस्ट्रेलियाले दोस्रो खेलमा वेस्ट इन्डिजसँग अंक बाँडेको थियो। सुपर सिक्सको समूह विजेता बन्दै अस्ट्रेलियाले सेमिफाइनलमा पाकिस्तानसँगको भेट पक्का गरेको हो।समूह चरणको अन्तिम खेलमा पाकिस्तानले न्युजिल्याण्डमाथि १० विकेटको जित निकाल्दै सुपर सिक्सको सुखद् यात्रा तय गरेको थियो।

समूह चरणका तीन र सुपर सिक्सका दुई खेलमा जित निकालेको पाकिस्तानले आठ अंक जोडे पनि रनरेटका आधारमा समूह उपविजेता बन्यो।

Related Articles

Back to top button