समाचार

लगानीकर्ताले दिए धितोपत्र बोर्ड र बीमा प्राधिकरणविरूद्ध अख्तियारमा उजुरी

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्ड र बीमा प्राधिकरणविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।

बोर्ड र प्राधिकरणले ऐन विपरीत बीमा कम्पनीहरूलाई प्रिमियम रकमसहित आइपिओ जारी गर्न दिएको भन्दै लगानीकर्ताहरूले शुक्रबार बिहान अख्तियारमा उजुरी दिएका हुन्।लगानीकर्ताहरूले सिटिजन लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सलाई यसरी नियम विपरीत प्रिमियम मूल्यमा सेयर जारी गर्न दिइएको उजुरीमा उल्लेख गरेका छन्।

लगानीकर्ताहरूले घोराही सिमेन्टमा समेत नीतिगत भष्ट्राचार भएकोले छानबिन गर्न माग गरेका हुन्।

Related Articles

Back to top button