राजनीतिसमाचार

एमाले धादिङको अधिवेशनमा कुटाकुट

एक कार्यकर्ताको हात भाँचियो

नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशनमा लफडा भएको छ।

शुक्रबार सुरु भएको जिल्ला अधिवेशनको आज बन्द सत्र हुने कार्यसूचि रहेको थियो। तर बन्द सुरु हुनु अगावै अधिवेशन स्थगित गरिएको छ।बन्दसत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित भएको जनाएका छन्।

अध्यक्ष ढुंगेलले जारी गरेको विज्ञप्तीमा अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको उल्लेख छ। त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको ढुंगेलले बताए।

 

उद्घाटन सत्रसम्म सौहाद्र्धपूर्ण ढंगले चलेको अधिवेशन बन्द सत्रमा प्रवेश गर्ने बेलामा नेतहरुबीच लफडा भएको हो।

Related Articles

Back to top button