खेलकुदसमाचार

विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने

जुन १९ बाट खेल सुरु

विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको छ । फिफाले गएराती गरेको घोषणा अनुसार सन २०२६ को विश्वकप फुटवलको फाइनल खेल अमेरिकामा हुने भएको हो ।

फिफाका अनुसार न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा सो फाइनल खेल हुनेछ । जस अनुसार सो खेल जुलाई १९ मा आयोजना हुनेछ ।संयुक्त राज्य अमेरिकाले आफ्नो देशमा पहिलाे खेल भने जुन १२ मा नै गर्नेछ, जुन खेल लस एन्जलसको सोफाई स्टेडियममा हुनेछ ।

सन २०२६ को विश्वकपको आयोजना अमेरिकासहित तीन देशले गर्दैछन ।  मेक्सिको सिटीको एज्टेका स्टेडियममा जुन ११ मा उद्घाटन खेल खेल हुनेछ ।

 

Related Articles

Back to top button