अन्तर्राष्ट्रियसमाचारस्वास्थ्य

बेलायतका राजा चार्ल्सलाई क्यान्सर

बेलायतका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेको छ । उहाँको हिजैबाट उपचार सुरु गरिएको बेलायती राजदरबार बकिङ्घम प्यालेसले जनाएको छ ।

दरबारका अनुसार राज चार्ल्सको हालै गरिएको प्रोस्टेटको नियमित स्वास्थ्य परिक्षण र उपचारको क्रममा क्यान्सर पत्ता लागेको थियो । तर उहाँको क्यान्सर भने प्रोस्टेटको नभएको बताइएको छ । ७५ वर्षीय राजा चार्ल्सलाई उपचार अवधिभर सार्वजनिक जिम्मेवारीबाट टाढा रहन भनिएको छ ।

उहाँलाई लण्डनस्थित दरबारमै राखेर उपचार गरिँदैछ ।केही समय छुट्टीमा रहनुभएका राजदरबारका उत्तराधिकारी युवराज विलियमले यसै हप्ताको अन्त्यबाट आफ्नो जिम्मेवारी समाल्नुहुनेछ ।

Related Articles

Back to top button