समाचारसूचना प्रबिधिस्वास्थ्य

ललितपुरमा ‘अफ्रिकन स्वाइन फिभर’ संक्रमण पुष्टि, सचेत रहन आग्रह

ललितपुर महानगरपालिकाले ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको भन्दै महानगरभरिका किसानलाई सचेत गराएको छ ।

बिहीबार एक सूचना जारी गर्दै महानगरले ‘लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको’ जनाएको छ ।‘महानगरले किसानलाई फर्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न भनेको छ ।

घरपालुवा सुँगुर र बङ्गुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने भन्दै महानगरले रोग देखापरेको क्षेत्रबाट सुँगुर प्रजाती पाठापाठी संक्रमित मासु र दाना ओसारपसार नगर्न समेत भनेको छ ।

Related Articles

Back to top button