अर्थतन्त्रसमाचार

अमेरिकी डलरसँगै युरो र पाउण्डको भाउ घट्याे

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।आज अमेरिकी डलर संगै युरो र पाउण्डको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४४ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०४ पैसामा कारोबार भएको छ। यो मूल्य बिहिबारको तुलनामा ०२ पैसाले घटेको हो। शुक्रबार युरोपियन युरोको एकको खरिददर १४२ रूपैयाँ ५५ पैसा र बिक्रीदर १४३ रूपैयाँ १९ पैसा तोकिएको छ। त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ भने ४२ पैसाले घटेर एकको खरिददर १६६ रूपैयाँ ८९ पैसा र बिक्रीदर १६७ रूपैयाँ ६५ पैसा कायम गरिएको छ।

साथै, कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ९३ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ८८ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

Related Articles

Back to top button