राजनीतिसमाचार

संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउनु हुँदैन : शेखर कोइराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संक्रमणकालीन न्यायलाई राजनीतिक लेनदेनको मुद्दा बनाउनु नहुने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित मानव अधिकार रक्षकहरुको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता डा. कोइरालाले संक्रमणकालीन न्यायको विषय गम्भीर भएकाले राजनीतिक मुद्दा बनाउनु नहुने बताउनुभएको छ  ।नेता डा. कोइरालाले सर्वोच्च अदालतले दिएको निर्देशक, मानव अधिकार आयोगको निर्देशनलाई मध्यनजर राखेर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून बनाइनुपर्नेमा जोड दिनुभयो ।

कोइरालाले लोकतन्त्र नेताहरुको लागि मात्रै आएको भन्दै अझैपनि जनताको, नागरिकको लागि लोकतन्त्र नआएको बताउनु भयो ।

Related Articles

Back to top button