समाचार

घुस लिएको अभियोगमा समातिएका नायब सुब्बा दोषी ठहर

३० हजार रुपैयाँ घुस लिएको अभियोगमा समातिएका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन्।

उनलाई घुस लिए बराबरको रकम बिगो जरिवाना हुने र तीन महिना कैद सजाय निर्धारण भएको विशेष अदालतका उपरजिष्ट्रार धनबहादुर कार्कीले थाहाखबरलाई जानकारी दिए।पाण्डेले वैदेशिक रोजगार कसुरमा मिलापत्र पछि रोक्का भएको बैंक खाता सुचारु गर्न सेवाग्राहीसँग घुस लिएपछि अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।

सोही मुद्दामा सरकारी साक्षीका रुपमा पेश गरिएका दैलेख नौमुलेका देवबहादुर थापाले प्रतिकूल बकपत्र गरेपछि अख्तियारले उनीविरुद्ध पनि मुद्दा चलाएको थियो।उनलाई पनि अदालतले दोषी ठहर गर्दै तीन महिना कैदसहित ३० हजार रूपैयाँ भराउन र उनीबाट ३० हजार रुपैंया बिगो जफत गर्न पनि आदेश भएको उपरजिष्ट्रार कार्कीले बताए।

यस्तै, चार हजार रूपैयाँ घुस लिएको आरोपमा समातिएका नेपाल प्रहरीका प्रहरी नायब निरीक्षकलाई विशेष अदालतले १५ दिन कैद हुने फैसला गरेको छ।

Related Articles

Back to top button