समाचार

भ्रामक समाचारको पछि नलाग्न जिप्रका ललितपुरको आग्रह

ललितपुर ,विभिन्न संचार माध्यम हरुमा सभा सम्मेलन गर्न नपाउने भनी आएको समाचार प्रती जिल्ला प्रसासन कार्यलय ललितपुरको गम्भीर ध्यानाकर्षण भएको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले आज एक बिग्यप्ती जारी गरि जिल्लामा सभा, सम्मेलन हुन नदिने भनी आएको समाचार भ्रामक हुन येस्को पछि नलाग्न सर्बसाधारण लाई आग्रह समेत गरेको छ।
बिग्यप्तीमा भनिएको छ “कतिपय स‌चारमाध्यममा प्रकाशन/प्रशारण भएकाे समाचार प्रति हाम्राे ध्यानाकर्षण भएकाे छ । ललितपुर जिल्लामा सभा, सम्मेलन हुन नदिने गरी जिल्ला प्रशासन कार्यालय ललितपुरबाट तत्काल कुनै अादेश जारी नभएकाे र प्रमुख जिल्ला अधिकारीबाट मिति २०७८।०५।३१ मा जारी गरिएकाे निषेध अादेशकाे “ख” मा “जिल्लामा राजनैतिक दल, तिनका भातृ स‌गठन, सघ/स‌स्थाहरुलाई सभा, सम्मेलन, बैठक, गाेष्ठी, अन्तरक्रिया जस्ता सामाजिक कार्यक्रम सार्वजनिक शान्ति सुव्यवस्थामा असर नपर्ने तथा नेपाल सरकारबाट जारी काेभिड १९ सम्वन्धि स्वास्थ्य मापदण्डकाे पालना हुने गरी गर्न अनुमति दिने” उल्लेख भएकाे छ । उक्त अादेश नै हाल पनि कायम रहेकाे व्यहाेरा सवैमा जानकारीकाे लागि अनुराेध छ । सविधान प्रदत्त माैलिक हक र राजनैतिक गतिविधि स‌चालन सम्बन्धी स्वतन्त्रता सम्बन्धमा कार्यालय पूर्ण सचेत र प्रतिवध्द समेत रहेका जानकारी गराईन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button