समाचार

भट्टेडाँडा आधारभुत बिद्यालयमा पुस्तक बिहीन शुकबार

ललितपुर,भट्टेडाँडा आधारभूत बिद्यालयमा पुस्तक बिहीन शुकबार कार्यक्रम संचालन भएको छ।

बागमती गाउँपालिका वडा न .३ भट्टेडाँडामा रहेको भट्टेडाँडा आधारभूत विद्यालयमा आजबाट पुस्तकबिहीन शुक्रबार कार्यक्रम सन्चालन भएको छ।

आज विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक घिमिरे समीर र समत्व फाउन्डेशनका अध्यक्ष सागर खनाल बीच एक कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरि आजैबाट कार्यक्रम सन्चालन भएको हो। कार्यक्रम अन्तर्गत विद्यालयमा विद्यार्थीहरुले अब शुक्रबार पुस्तक लिएर विद्यालय आउनु नपर्ने भएको छ ।

शुक्रबार विद्यालयमा समत्व फाउन्डेशनका स्वयंसेवक शिक्षकहरुले विद्यार्थीहरुलाई समूह विभाजन गरि अङ्ग्रेजी भाषा तालिम , कम्प्युटर कक्षा तालिम , पुस्तकालय प्रयोग विधि र अन्य तालिम प्रयोगात्मक , शिक्षकहरुलाई क्षमता विकास , शिक्षण सिकाई सहजीकरण तालिम सन्चालन हुने छ ।यी कार्यक्रम सन्चालनको लागि समत्व फाउन्डेशनले स्वयंसेवक शिक्षकको व्यवस्थापन गर्ने छ । यस्ता कार्यक्रमहरुले विद्यार्थीहरु को शैक्षिक गुणस्तर कायम गर्न सक्छौं र संस्थासँग सहकार्य गरि अन्य कार्यक्रमहरु पनि सन्चालन गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष दीपक घिमिरेले बताए ।

Related Articles

Back to top button