अर्थतन्त्रसमाचार

सामान्य अंकले बढ्यो नेप्से

कारोबारको तेस्रो दिन आज मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ।

आज नेप्से परिसूचक ९.४४ अंक बढेर २०८५.७१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक बढेको छ।

आज नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ४३ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३१५ स्टकको ६६ जार ५५९ पटकको कारोबारमा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बराबरको ७६ लाख २४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अन्य र व्यापार उपसमूहको परिसूचक यस दिन घटेको हो।

समाज लघुवित्तको शेयर आजपनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो लघुवित्तको शेयरमूल्य आज ६९ रुपैयाँ ३० पैसा बढेर ७६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, आज गुराँस लघुवित्तको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने युनाइटेड अजोड इन्स्योरेन्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ।

Related Articles

Back to top button