समाचार

घलेको सम्झनामा श्रद्धाञ्जली सभा सम्पन्न

ललितपुर /बागमती गाउपालिका-४,प्युटार कांग्रेस नेता बेल बाहादुर घलेको श्रद्धाञ्जली सभा बिहिवार सम्पन्न भयो।
नेपाली कांग्रेस प्युटार वडा कमिटिले आयोजना गरेको उक्त श्रद्धाञ्जली सभा नेपाली कांग्रेस ललितपुर जिल्ला सभापति मदन अमात्यको प्रमुख आतिथ्यमा सम्म्पन्न भएको थियो।
श्रद्धाञ्जली सभामा पुर्व अर्थ राज्यमन्त्री उदय शमशेर राणा, गोदावरी नगरपालिका मेयर गजेन्द्र मर्हर्जन,बागमती गाउपालिका अध्यक्ष वीर बाहादुर लोप्चन , उपाध्यक्ष रन्जना घिमिरे तिमल्सिना लगाएतका नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो।
विभिन्न नेता तथा कार्यकर्ताले श्रद्धाञ्जली सभालाइ सम्बोधन गर्ने क्रममा स्वर्गीय घले पाटिको एउटा होनहार ब्यक्ती रहेको र उहाको देहावसानले पाटी र संगठनलाई अपुरणिय क्षती पुगेको भन्दै शोक मन्तव्य राख्नु भएको थियो ।घलेको गत असोज ३१ गते आफ्नै निवासमा निधन हुनुभएको थियो।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button