अन्तर्राष्ट्रियसमाचार

आज राति नेपालबाट उल्का वर्षाको दृष्य देख्न पाइने

राति ८ बजेदेखि भोलि बिहान साढे ५ बजे सम्म  आकाशमा उल्का वर्षा भएको देख्न सकिन

आज राति आकाशमा मिथुन उल्का वर्षा भएको हेर्न सक्ने छ।

मंसिर १८ गतेदेखि सुरू भएको उल्कावर्षा पुस १ गतेसम्म सक्रिय रहने छ भने आज राति भने उल्कावर्षा अत्यधिक सक्रिय हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए । उनका अनुसार अत्यधिक सक्रिय भएको समयमा प्रतिघण्टा १५० वटा सम्म उल्का वर्षा भएको देख्न सकिन्छ।आज राति ८ बजेदेखि भोलि बिहान साढे ५ बजे सम्म सर्वसाधरणहरूले आकाशमा उल्का वर्षा भएको देख्न सकिने उनले बताए। भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘उल्कावर्षा सामान्यतया मध्यरात पछि हेर्दा उत्तम रहन्छ। मौसमले साथ दिएमा उल्कावर्षा हेर्नेहरूका लागि यो सन् २०२३ कै उत्कृष्ट समय हुनेछ।’उल्कावर्षा हेर्नलाई कुनै दुरविन वा टेलिस्कोपको आवश्‍यक नपर्ने पनि उनले बताए।

‘यो उल्कावर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर देखिन्छ,’ भट्टराईले भने, ‘उल्का वर्षको समयमा उल्काहरू मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा नामकरण गरिएको हो।’

Related Articles

Back to top button