राजनीतिसमाचार

जनमत पार्टीले तत्काल सङ्घीय सरकारबाट नबाहिरिने निर्णय

जनमत पार्टीले तत्काल सङ्घीय सरकारबाट नबाहिरिने निर्णय गरेको छ । समसामयिक राजनीतिबारे छलफल गर्न बसेको जनमत पार्टीको सचिवालय बैठकले सङ्घीय मन्त्रालयबाट मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको हो ।

मधेस प्रदेश सरकारबाट बाहिरिएसँगै जनमत सङ्घीय सरकारबाट बाहिरिने हल्ला चलिरहेको बेला जनमत पार्टीको यस्तो निर्णय आएको हो । बैठकले जनताको कामलाई सशक्त रुपमा अगाडि बढाउने निर्णय गरेको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिनुभयो ।

जसमा देशको समग्र राजनीतिक प्रणाली तथा शासकीय स्वरुपको बारेमा प्रस्ताव छ । त्यसैगरी बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवसमा राजधानीमा बृहत आमसभा गर्ने निर्णय पनि गरेको छ ।

Related Articles

Back to top button