समाचार

उदघोषण पुनर्ताजगी तालिम गोदावरीमा सम्पन्न

ललितपुर ,गोदावरी साहित्य परिषद् ,गोदावरीको आयोजनामा दुई दिने उदघोषण पुनर्ताजगी तालिम ललितपुरमा सम्पन्न भएको छ|

गोदावरी नगरपालिका भित्रका विभिन्न क्षेत्रमा उदघोषण सम्बन्धि आधारभूत पहिलो चरण लिइसक्नु भएका व्यक्तिहरु र सो सम्बन्धि ज्ञान भएकाहरुलाई पुनर्ताजकी तालिम दिएको संस्थाका अध्यक्ष वशिष्ट कुमार अधिकारीले जानकारी दिनुभयो| समापन कार्यक्रममा प्रमाणपत्र हस्तान्तरण गर्दै गोदावरी नगरपालिका उपप्रमुख तथा गोदावरी साहित्य परिषद्का सह संरक्षक मुना अधिकारीले बोल्ने कलाको विकासबाट महिला, युवा तथा सामाजिक परिवर्तनमा लाग्ने महत्वपूर्ण व्यक्तित्वहरूमा आएको परिवर्तनले आफूलाई गर्व लागेको बताउनुभयो| कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष अधिकारी र सचिव तथा कार्यक्रम प्रस्तोता नवराज सञ्जेलले गर्नुभएको थियो| गोदावरीका १४ वडामा बसोबास गर्ने विभिन्न क्षेत्रका व्यक्तित्वहरूको कार्यक्रममा सहभागीता थियो।

सहभागी व्यक्तिहरुले कार्यक्रम अत्यन्तै प्रभावकारी रहेको र आगामी दिनमा निरन्तरता दिनुको साथै कार्यक्रम अलि लामो हुनुपर्नेमा जोड दिएका थिए| कार्यक्रममा स्तरीय उदघोषण , व्यक्तित्व विकास ,आफ्नो सोचाइ परिवर्तन, कार्यक्रमको ढाँचा र विभिन्न प्राविधिक ज्ञान बारे सहजिकरण गरिएको थियो|

Related Articles

Back to top button