समाचार

मैथिली भाषामा “अर्चनाकृत रामायण” को विमोचन हुँदै

ललितपुर ,नेपालमा पहिलो पटक मैथिली भाषामा रामायण पढ्न पाइने भएको छ। ‘वाल्मीकि रामायण’ र ‘रामचरितमानस’ रामायणको आधार लिए अर्चना झाद्वारा लेखिएको रामायण हो । यस मैथिली गद्यात्मक ‘अर्चनाकृत रामायण’ मा करिब ६४ हजार शब्द रहेका छन।

यसमा हिन्दु धर्मका देवता विष्णुको अवतार मानिने रघुवंशका राजा श्री राम र लक्ष्मी माताका अवतार सीता माताको गाथा लेखिएको छ। यसमा आठ वटा अध्यायहरू छन् जसलाई काण्ड भनिन्छ। नेपाली, हिन्दि, अङ्ग्रेजी, संस्कृत आदि लगायतका भाषामा पढ्न पाइने रामायण अब प्राचिन मिथिला बासीले समेत सरल मैथिली भाषामा सम्पूर्ण रामायण पढ्न पाउने भएका छन्।

रामायणको मैथिली भाषामा लेखन कार्य पत्रकार एवं साहित्यकार अर्चना झाले गरेकी छिन्। उहाँ आफ्नो स्थानीय बोल्ने भाषा मैथिलीमा श्री सीतारामको राज्य चिन्तन, राजनीतिक चिन्तन, समाज चिन्तन, परिवार चिन्तन, मर्यादा पालन तथा सीता माताको गुण, लोकगीत, मिथिला चित्रकला लगायतका आठ काण्डमा साभार गरेकी छिन्। पुस्तकलाई “अर्चनाकृत रामायण” को नामाकरण गरिएको छ।

पत्रकार झा द्वारा साभारित “अर्चनाकृत रामायण” को विमोचन पूर्व उप-प्रधानमन्त्री एवं गृहमन्त्री माननीय बिमनेन्द्र निधिले गर्ने भएका छन्। यस किताबका सम्पादक वरिष्ठ साहित्यकार विनित ठाकुर ले गर्नुभएको छ। साथै यस किताबका समीक्षा राष्ट्रिय समाचार समितिका अध्यक्ष धर्मेन्द्र झाले गर्नुहुनेछ।
यही फाल्गुन २ गते बुधवार सरस्वती जयन्तीको अवसर पारेर गोदावरी नगरपालिका वडा नं. १४ बाडेगाउँ स्थित मामाघर आश्रममा पुस्तक विमोचन गर्न लागिएको आश्रमका अध्यक्ष श्री वालयोगेश्वर विजय कृष्णमूर्ति जी महाराजले जानकारी दिए।
आदिकवि वाल्मिकी ऋषिद्वारा रचना गरिएको ‘वाल्मिकी रामायण’ त्रेता युगमा भएको मानिन्छ । पवित्र धार्मिक ग्रन्थको रूपमा रहेको रामायणका मुख्य पात्रहरू, दशरथ, जनक, राम, सीता, कैकेयी, गुरु बशिष्ठ, भरत, सत्रुधन, लक्ष्मण, हनुमान, रावण, बाली, सुग्रीव, जटायु आदि रहेका छन् ।

Related Articles

Back to top button