समाचार

माइतीघर मण्डलमा निषेधित क्षेत्र तोकेको भन्दै नागरिक अगुवाहरूको प्रदर्शन

नागरिक अगुवाहरूले आज काठमाडौंको माइतीघर मण्डलमा निषेधित क्षेत्र तोकेको भन्दै प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरुले आज दिउँसो काठमाडौंको रत्नपार्कबाट र्‍याली निकालेर भद्रकाली मन्दिरसम्म प्रदर्शन गरेको हो।बृहत् नागरिक आन्दोलन, शान्ति बाटिकामा प्रदर्शनरत मिटरब्याजी पीडितहरू, मृतक आरती साहका पक्षधरहरूले आन्दोलन गरेका हुन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर ६ गते दुर्गा प्रसाईंको प्रदर्शनलाई लक्षित गरी एक महिनाका लागि माइतीघरमा निषेधित क्षेत्र तोकेको थियो।

Related Articles

Back to top button