समाचार

कालेश्वर महादेव भजन सार्वजनिक

ललितपुर ,ललितपुरको प्रसिद्ध धाममध्ये एक कालेश्वर महादेवमाथि बनेको पहिलो भिडियो कालेश्वर महादेव भजन सार्वजनिक भएको छ।

समाजसेवी चरसुन्दर महर्जनको परिकल्पनामा हाल चापागाउँ निवासी नवराज सञ्जेलले उक्त भक्ति गीतको रचना गर्नुभएको हो ।संगितकार कृष्ण दाहालको संगीत रहेको गीतलाई चर्चित गायिका निशा देशारले स्वरबद्ध गर्नुभएको छ ।कालेश्वर महादेव क्षेत्र विकास समितिको प्रस्तुति रहेको उक्त भिडियोलाई भक्ति रचनाकार नवराज सञ्जेलले निर्देशन गर्नुभएको हो ।

दक्षिण ललितपुरको महाकाल गोटिखेलमा रहेको कालेश्वर प्याङ्गगाउँबासीको कुलदेवता हुन् । उतिबेला कालले तपस्या गरेको ठाऊँका बारेमा चर्चा गरिएको भजन अक्षय तृतीयाको दिन सार्वजनिक भएको छ।भजन सार्वजनिकमा वाग्मती प्रदेश सभा सदस्य मधूसुदन पौडेल र मीनकृष्ण महर्जन,स्थानीय प्याङगाउँबासी ,पत्रकार लगायतको समेत उपस्थिति रहेको थियो ।

Related Articles

Back to top button