राजनीति

चापागाँउमा राप्रापाको कार्यकर्ता सम्बोधन कार्यक्रम सम्पन्न

ललितपुर ,राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा) ले सुक्रबार आफ्नो कार्यकर्ता भेला सम्पन्न गरेको छ।

ललितपुरको चापागाउँमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचार देश विकासको मुख्य बाधकको रुपमा रहेको बताएका छन।केन्द्रमा जस्तै स्थानीय तहमा पनि भ्रष्टाचार बढिरहेको र राप्रपाले आसन्न स्थानीय निर्वाचनमा स्थानीय तहको भ्रष्टाचारलाई प्राथमिकताका साथ उठाउने बताएका छन।

कांग्रेस, एमाले, माओवादी दलीय रुपमा मात्रै अलग हुन ठूला ठूला भ्रष्टाचारका काण्डमा तीन दलको मिलेमतो र संरक्षण रहेको आराेप लगाउँदै लिङ्देनले केन्द्रमा रहेको भ्रष्टाचारको महारोग स्थानीय तहमा पनि व्याप्त रहेको बताउनु भयो।

सभालाई प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्यहरु आनन्द अधिकारी, मीना शाही, ललितपुर जिल्ला अध्यक्ष अष्ट महर्जन लगायतले सम्बोधन गर्नु भएको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button