समाचार

नेपाली कांग्रेस इकुडोलमा कार्यकर्ता भेला सम्पन्न

ललितपुर,नेपालि कांग्रेस बागमती गाउपालिका इकुडोलले भाद्री तथा सुभेच्छुक संस्था गठन एवम् कार्यकर्ता भेला कार्यक्रम सम्पन्न गरेको छ।

दिपक सिंगारको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा बागमती गाउपालिका-५ इकुडोलका नेपाली कांग्रेसको सुभेच्छुक तथा भाद्री संगठन लगाएत संगठन प्रती आस्था राख्ने करिब २ सय भन्दा बढी नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

आसन्न स्थानीय निर्वाचनको पुर्वसन्ध्या पारेर गरिएको कार्यक्रममा प्रमुख अतिथी पुर्व जिल्ला सचीव तथा माहाधिबेसन प्रतिनिधि रबिन्स शर्माले बैसाख ३० गते सम्पन्न हुने स्थानिय निर्वाचनमा नेपाली कांग्रेस लाई बलियो बनाएर लैजान युवाहरुको अहम भुमिका रहने बताउनु भयो।शर्माले आगामी स्थानीय निर्वाचनमा इकुडोललाई कांग्रेसमय बनाएर लैजान र अत्याधिक मत सहित कांग्रेस लाई बिजयी गराउन उपस्थित कार्यकर्ता हरुलाइ सुझाव समेत दिनु भएको छ।

मंगलबार सम्पन्न भएको कार्यक्रममा विशेष अतिथी माहाधिबेसन प्रतिनिधि उमेश मेयर कायस्थ,गाउँपालिका अध्यक्ष वीर बाहादुर लोप्चन,जिल्ला सदस्य गणेश महत,तरुणदल बागमती गाउपालिका संयोजक नवराज खडका लागाएत क्षेत्रीय सदस्य दिपक समिर,दिनेस घोरासैनी प्रदेश ख सभापति ग्यान बाहादुर लो बागमती गाउपालिका प्रबक्ता बिश्णु तिमल्सिना,कमल लो को उपस्थिति रहेको थियो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button