समाचार

जीवनेश्वरमा दुर्लभ करोड बत्ति बालिँदै

ललितपुर ,गोदावरी नगरपालिका वडा नम्बर १० मा अवस्थित जीवनेश्वर मन्दिर परिषरमा विश्व शान्ति र पीतृ मोक्षका लागि एक करोड बत्ति बालिँदैछ । जीवनेश्वर मन्दिर करोड बत्ति समितीको आयोजनामा भोलि शनिबार करोड बत्ति बाल्न लागिएको हो । काठमाडौं उपत्यककामै दुर्लभ मानिएको करोड बत्ति प्रज्वलनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको समितीका अध्यक्ष अर्चना न्यौपानेले जानकारी दिइन् । करोड बत्ति बाल्नका लागि शुक्रबारै ४ सय वटा पालामा प्रति पाला २५ हजार बत्ति भिजाएर बाल्नका लागि तयारी अवस्थामा राखीएको समितीका उपाध्यक्ष यादवराज चालिसेले जानकारी दिए । न्यौपाने गाउँमा रहेको मन्दिरमा करोड बत्ति बाल्ने संकल्प लिएर बासुदेव लुईटेल करिब २ बर्ष अघि देखी बत्ति र नगद सहयोगका लागि खटेका थिए ।

वरपरका मुलडोल , झ्यालुन्टार, बोहोराटार , विष्टगाउँ, डाँडागाउँ, टाहाखेल, पारीगाउँ, प्याङगाउँ, चापागाउँ, सल्यान लगायतका अन्य स्थानबाट अत्याधिक भक्तजनको सहभागीता रहने अनुमान आयोजक समितीको छ । दिउँसो साँढे १२ बजे महासंकल्प गरेपछि दिउँसो १ बजे करोड बत्ति बालिने तयारी रहेको प्रचार कमिटी संयोजक नवीन लुईटेलले जानकारी दिए । उनका अनुसार ब्रम्हा विष्णु महेश्वरको पूजा गरेपछि बत्ति संकल्प गरिने् छ ।

बत्ति बालिसकेपछि ४ बजे भागवतको तिल चढाउने कार्यक्रम छ ।
यो धार्मिक अनुष्ठानका लागि गोदावरी नगरपालिकाका १४ वटै वडाबाट सहयोग मिलेको समितीकी सचिव देवकी न्यौपानेलले जानकारी दिईन् । करोड बत्तिको उपलक्ष्यमा मन्दिर परिषरमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ पनि गत आइतबारबाट चलिरहेको छ । पंण्डित कपिलदेव भट्ट महाराजले सप्ताहमा कथावाचन गरिरहेका छन् । गत शनिबार नगरपरिक्रमा सहित कलश यात्रा गरेर यो अनुष्ठान सुरु भएको हो । जीवनेश्वरमा भएको धार्मीक अनुष्ठानमा यो गाउँकै पहिलो सार्वजनिक धार्मीक कार्यक्रम हो ।

Related Articles

Back to top button