राजनीति

बागमतीमा कांग्रेसका तीन भाइ मध्य कस्ले मार्ला बाजि

नवराज कार्की,ललितपुर /आसन्न स्थानिय निर्वाचन आउन लगभग एक महिना बाकी रहदा प्रतिनिधि आकांक्षीहरुले विभिन्न पदको लागि आफ्नो दावी प्रस्तुत गरिरहेका छन्। यसै बिच नेपाली कांग्रेस बागमती गाउँपालिकामा प्रमुख उपप्रमुखको लागि धेरै जनाले दावी प्रस्तुत गरेका छन्।

०७४ को स्थानिय निर्वाचनमा पालिका प्रमुख उप प्रमुख लगायत ४ ओटा वडा हरुमा नेपाली कांग्रेसले आफ्नो पोल्टामा पर्न सफल भएको थियो।एस पटक पनि बागमती गाउँ पालिकामा पालिका प्रमुखको दावी प्रस्तुत गर्नेको ठुलै लर्को लागेको देखिन्छ। बाहालवाला अध्यक्ष वीर बाहादुर लोप्चन ,उपाध्यक्ष रन्जना घिमिरे, भट्टेडाडा वडा अध्यक्ष बिष्णु प्रसाद तिमल्सिना प्रमुख दावेदारीको रुपमा हेरिएको छ भने पुर्व जिल्ला सचीव रबिन्स शर्मा निवर्तमान जिल्ला सहकारी संघका सचिव मादव दुलाल सहकारी कर्मी गणेश महतले पनि पालिका प्रमुखको दावेदार गरेको छ।

आफ्नो कार्यकालमा धेरै विवादित बनेका अध्यक्ष वीर बहादुर लोप्चनलाई आफ्नै गृह वडाबाटै समर्थन नभएको एक कार्यकर्ता बताउछन।उनी भन्छन जनता संग अध्यक्ष कार्यक्रम बाट प्राय आफ्नै नातागोताको पक्षपोषण गरेको आरोप लगाएका छन। त्यसो त पछिल्लो समयमा पालिका-४ प्युटारको वडा अध्यक्षको लागि प्रतिनिधि छान्ने क्रममा पनि लोप्चनले आफ्नो सर्कलको नाम सिफारिस गरेको भन्दै युवा हरुले आक्रोश पोखेका थिए।०७४ को स्थानीय निर्वाचनमा सहमति जुटाउनका निम्ति तामाङ समुदाय, घले समुदाय ,खस आर्या समुदाय बिच पालै पालो अध्यक्ष दावी गर्ने भनी भद्र सहमति लिखित रुपमा गरिएको र त्यस सहमती बिपरित लोप्चन लागिपरेको एक स्थानीय बताउछन यहि कारण बाट पनि लोप्चनको बिकल्प खोज्न थालिएको जानकार बताउछन।

पालिका प्रमुखको लागि अर्का प्रमुख दावेदार हुन बिष्णु प्रसाद तिमल्सिना।भट्टेडाँडाको वडा अध्यक्ष समेत रहेका तिमल्सिना विभिन्न समयमा बिबादित हुने गरेका छन।सेवा मुखी भन्दा पनि ब्यबसाय मुखी भएको आरोप लाग्ने गरेको तिमल्सिनालाई १४ औ माहाधिबेसनको कारणले पनि केही धक्का पर्न सक्ने श्रोत बताउछ।

पालिका अध्यक्षका बलियो दाबेदारको रुपमा हेरिएका लोप्चन र तिमल्सिना बिच सहमति जुटाउन नसकेको खण्ड्मा तेस्रो ब्यक्ति पुर्व जिल्ला सचिव रबिन्स शर्मालाइ अगाडि सारेर सहमती जुटाउन सकिने कांग्रेस बृतमा चर्चा चल्न थालेको छ।वीर बाहादुर र बिष्णु आइरहदा मेरो कुनै पनि प्रतिस्पर्धा नरहेको र सिनियारिटी त्याग तपस्या को हिसाबले उहाँहरु संग सहमति नहुदा बरियताक्रम अनुसार मेरो नाम आउनु स्वभाबिक हो तर पनि उहाहरु बिच सहमति जुट्यो भने जो आए पनि समर्थ रहने शर्मा बताउछन।उनी थप्छ्न,जिल्लाका केही साथिहरुले पनि मेरो उम्मेद्बारी चाहानु भएकै हो एसो हुदा बागमतीमा मेरो उम्मेद्बारीले राम्रै प्रभाव राख्ने शर्माको दाबी छ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button