राजनीतिसमाचार

परिवर्तनकारी राजनीतिक शक्तिहरू मिलेर अघि बढ्नुपर्छ: प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ०४६ सालपछि राजनीति व्यवस्था मात्र होइन अवस्थामा पनि परिवर्तन आएको बताएका छन् ।

उनले केही भएन भन्ने हौवाको पछि नलाग्न पनि आग्रह गरे । त्यस्तै उनले असहज अवस्थामा मिलेका दलहरूबिचको एकता थप बलियो बनाउनुपर्नेमा पनि जोड दिए । कांग्रेस उम्मेदवारलाई जिताउन मतदान गर्ने सबैलाई बधाई दिँदै सिंहले विजेताहरूलाई कार्यकाल सफलताको शुभकामना पनि दिए ।

उनले अरू दलले गर्न नसकेको काम कांग्रेस नेतृत्वमा भएको स्मरण गर्दै अब पनि कांग्रेसले नै समृद्धिको अभियानको नेतृत्व गर्नुपर्नेमा सिंहको जोड थियो ।

Related Articles

Back to top button