समाचार

काठमाडौँको बौद्धमा ‘लुटेरा’ पक्राउ गर्न प्रहरीले गोली हान्यो, एकजना घाइते

काठमाडौँको बौद्धमा गोली चलेको छ। बिहीबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

सिन्धुली घर भएका अमर घलान घाइते भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

ती अधिकारीका अनुसार सुन लुटपाटका साथै अन्य शंकास्पद गतिविधि गरिरहेको सूचनामा आधारमा पुगेको टोलीलाई जाइलागेपछि गोली चलाइएको हो ।

Related Articles

Back to top button