राजनीतिसमाचार

भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक छ : प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले भूमिगत जलको दोहनलाई नियन्त्रण गर्न आवश्यक रहेको बताएका छन्।

सोमबार सिंहदरबार परिसरमा मेलम्चीको खानेपानी पुनः वितरण शुरु गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौंको मात्रै नभई देशभरकै पानीको समस्या समाधान गर्न आवश्यक रहेको बताए। आफू उपत्यकावासी सुलभ तरिकाले सम्पूर्णलाई पानी उपलब्ध गराएको दिन पूरा खुशी हुने उनले बताए। मेलम्चीको पानी अहिले उद्घाटन गरेको नभई पुनः वितरण मात्रै गरिएको स्पष्ट पारे।

नेता सिंहले मेलम्ची खानेपानी आयोजनाबाट पाठ सिकेर सरकारले योजना मात्रै ठूलो बनाउने नभए त्यसको व्यवस्थापन र समयमै काम सक्ने कुरामा बढी जोड दिनुपर्ने बताए।

Related Articles

Back to top button