समाचार

गोदावरी-१० मा दर्शनका ५ वर्ष, फेरी टिकटको दावी किन?

ललितपुर ,आसन्न स्थानीय निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारको टिकट हात पार्नको लागि यतिबेला देशव्यापी रुपमा विभिन्न राजनीतिक दलका नेता तथा आकांक्षीहरुको रस्साकस्सी देखिन्छ। प्राय विगतको २०७४ मा जितेका जनप्रतिनिधिहरु पनि विभिन्न एजेन्डा देखाएर पुन टिकटको दावेदारी गरिरहेका छन्। यस्तैमध्ये पाँच वर्षअघि वडाध्यक्ष निर्वाचित भएर अहिले पनि आफूले वडाभित्र गरेका राम्रा कामको प्रचार गर्दै पुन टिकटको दावी गरेका जनप्रतिनिधि हुन्, दर्शन कुमार विष्ट।

गत निर्वाचनमा नेकपा एमालेको तर्फबाट ललितपुरको गोदावरी नगरपालिका १० को वडाध्यक्ष बनेका दर्शन कुमार विष्ट आफूले आफ्नो कार्यकालमा निर्विवाद रुपमा विकास निर्माण र जनताको पक्षमा काम गरेको दावी गर्छन। २०५४ सालमा समेत साविक चापागाउँ ६ को अध्यक्ष समेत भएका विष्ट लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय छन्। २०७४ वडाध्यक्ष भएपछी बीच समयमा आको कोरोना भाईरसको महामारीका बीच उनले त्यसको नियन्त्रण, रोकथाम, उपचारको लागि सक्रिय भएर लागेको दर्शनको भनाई छ।

विष्टका अनुसार उनको कार्यकालमा चापागाउँ न्यौपानेगाउँमा नेपाल सरकार सिडिसी र सांग्रिला अर्फानेज होम को सहयोगमा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ भने उदयखर्क माध्यमिक विद्यालयमा जाईका नेपाल को सहयोगमा नयाँ भवन र शौचालय निर्माण सम्पन्न भएको छ। यस्तै आफ्नै वडा कार्यालय भवन निर्माण समेत सम्पन्न भएको छ। प्रदेश सरकारको सहयोगमा टाहाखेलमा मिनी रंगशाला निर्माण
को काम भईरहेको छ। उनका अनुसार शिक्षा,स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा पनि प्रतिबद्धता गरेअनुरुप ९० प्रतिशतजस्तो काम सम्पन्न भईसकेका छन। ९० प्रतिशत जनताको घरमा पानीको धारा जडान भईसकेका छन्। वडामा एक उत्कृष्ठ स्वास्थ्य चौकी भवन निर्माण भई सेवा सुचारु भएको छ। ४ तल्लाको आफ्नै वडा कार्यालय भवन निर्माणको क्रममा छ। विष्ट भन्छन,’यस्तै बीचमा विश्वव्यापी कोभिड महामारी आउँदा समेत कति पनि नहडबडाई निर्देशित स्वास्थ्य मापदण्डको पालना गर्दै विकास निर्माणका कार्यहरु अगाडी बढे भने महामारीबाट जनतालाई जोगाउनका लागि उत्कृष्ठ भूमिका जनप्रतिनिधिको निर्वाह गरियो। राहत वितरणका कार्यहरु सक्रियरुपमा संचालन गरियो। ‘

विगतमा आफु वडाध्यक्षमा निर्वाचित भईरहँदा वडाभित्र कुनै पर्यटकीय क्षेत्र वा मठमन्दिर घोषणा नभएको अवस्था रहेको र अहिले जनताको माग अनुरुप नै पाँच वर्षकै बजेट राखेर धर्म र भगवानमा आस्था राख्नेका लागि राधा सर्वेश्वर मन्दिर निर्माण गरिएको उनले बताए। साथै उनका अनुसार पर्यटकीय विकासको लागि जिल्लाकै उत्कृष्ठ पर्यटकीय गन्तव्य हुने गरी प्रदेश सांसद चेतनाथ सञ्जेलको पहल तथा प्रदेश सरकारको सहयोगमा भांगावन पर्यटकीय क्षेत्रको योजना द्रुत गतिमा अगाडी बढेको छ। उक्त स्थानमा हनुमानको मुर्ति प्रतिस्थापन गर्ने उद्देश्यका साथ् टाहाखेलबाट माथिसम्म १४२८ सिढी निर्माण गरिएको छ भने भागावनको शिरमै खानेपानी ट्यांकी निर्माण गरी पानी पुर्याईसकिएको छ। अबका दिनहरुमा थप जनमुखी काम गर्नका लागि उद्योग क्षेत्रको विकास गर्दै जनतालाई थप गरीखाने वातावरण, रोजगारीको विकास,जीविकोपार्जनका कार्यक्रम, कृषि, पशुपालनको कार्यक्रमलाई प्रोत्साहन लगायतका कार्यमा अगाडी बढ्नुपर्ने र अब पुन आफू निर्वाचित हुने अवसर पाए यस्ता कार्यक्रमहरु अगाडी बढाउने उनको प्रतिबद्धता छ।

प्रदेश सरकारकै सहयोगमा वडाभित्र विभिन्न मुख्य तथा शाखा सडक निर्माण तथा स्तरोन्नतिको काम भएका छन्। जसमा टाहाखेल वागेश्वरी क्लव देखि सडक कालोपत्रे तथा सडकपेटी,वागेश्वरी क्लव देखि लेले भन्ज्याङ सम्म सडक ढलान , वाल तथा ड्रेन,न्यौपानेगाउँ सडक ढलान चुनदेवी टोल सुधार समितिको सक्रियतामा सडक ढलान , ह्युमपाईप,सार्वजनिक जग्गा संरक्षणजस्ता काम भएका छन्।

यस्तै जनप्रिय कामहरुले गर्दा वडाको जनप्रतिनिधिमा पुन: दर्शन नै दोहोरिनु पर्ने आम वडाबासीको माग रहेको विष्टको दावी छ। वडाध्यक्षका लागि नेकपा एमालेको तर्फबाट विष्ट र पार्टी वडा कमिटिको अध्यक्ष प्रकाश केसीको नाम सिफारिस भएको अवस्थामा अनुभवी जनप्रतिनिधिले नै जनताको दुख र भावना बुझेर काम गर्नसक्ने सुझाव आएको उनले बताए। प्रकाश केसी पक्षले वडामा नयाँ पुस्तालाई नेत्रिवा हस्तान्तरणको माग अगाडी सारिरहँदा विपक्षी दलका केही पक्षको मत समेत आफूले तान्न सक्ने विष्टको दावी छ। ‘केही सिमीत कार्यकर्ताले पुस्ता हस्तान्तरणको माग गरेका होलान, तर आम सबै वर्गका जनताले पुरानै जनप्रतिनिधि आउनुपर्ने माग गरेका छन्। ‘ उनले भने।

२०७२ को महाभुकम्पको बिपत्तिमा पनि राहत, निर्माण ,पुननिर्माण कार्यमा दिन रात नभनी लागेका उनी विगतमा २० वर्षसम्म स्थानीय निकायमा जनप्रतिनिधिबिहीन हुँदा वडा नागरिक मञ्चको संयोजक भएर काम गरेको अनुभवको साथै प्रत्येक वडावासीहरु को सुख दुख मा सहभागी हुने गरेकोले स्थानीयले एकपटक फेरि उनको माग गरेको विष्ट निकट एक जनाले बताए । साथै पाँच वर्षे कार्यकालमा निर्माणाधीन अधुरो योजनाहरु पूरा गर्न पनि अन्तिम पटक अवसर पाउनु पर्ने उनको भनाई छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button