समाचार

कान्तिलोकपथ सडक बन्द,स्थानिय लाई खुल्ला

ललितपुर ,६ दशक अघि नेपाली सेनाले ट्र्याक खोलेर सुरु गरेको काठमाडौं-हेटौडा जोड्ने छोटो दुरीको तत्कालीन समयको कान्तिराजपथ(हाल कान्तिकोलपथ) सडक स्तारोन्नतीको काम धमाधम भइरहेको छ ।

तराई र राजधानी जोडने बैकल्पिक बाटोको रुपमा हेरिएको कान्तिलोकपथ सडक अस्थिर राजनितीका कारण लामो समयसम्म छाँयामा परेर अहिले भने दुइतर्फि मोटर गुड्न सक्ने बन्दैछ । यो परियोजना सम्पन्न भए पश्चात काठमाडौंबाट ९० किमी दूरीमा रहेको हेटौंडा २ घण्टामै पुग्न सकिने छ ।

दक्षिण ललितपुर हुँदै तराई मधेश जाने छोटो सडक मर्मतका लागि आगामी फाल्गुन १८ गते देखि चैत्र १० गते सम्म बन्द गर्ने भएको छ।बागमती प्रदेश मुख्यमन्त्री सालिकराम जम्मकट्टेलको संयोजकत्वमा १४ फागुन मा बसेको बैठकले बाटो बन्द गरि मर्मत सुधार गर्ने निर्णय गरेको हो।

बैठक बाट ललितपुर तर्फ तिनपाने हुदै बगुवा खण्ड सम्म तत्काल मर्मत सम्भार गर्नु पर्ने देखिएकोले तीन हप्ता सम्म बाटो पुर्ण रुपले बन्द गर्ने निर्णय गरेको हो।ललितपुर जिल्लामा पर्ने चेनेज ५७+००० देखि ६४+००० कालोपत्रे गर्ने कार्य एस एल सुनकोशी जेभी बाट १६ फाल्गुन बाट सुरु हुँदै छ।

बाटो निर्माणको क्रममा पुर्ण रुपमा बन्द रहे पनि स्थानिय सार्वजनिक सवारिको लागि भने समय अनुसार खुल्ला रहने कान्तिलोकपथ सडक निर्माण सुपरभाइजर माधब प्रसाद घिमिरे बताउछन।स्थानिय सवारिको लागि बिहान १० बजे भन्दा अगाडि र बेलुका ५ बजे पछिको समयमा सवारी पास गर्न सकिने छ।दक्षिण ललितपुर बाट दूध तरकारी लगाएत अन्य उपभोग्य समाम बोकेको सवारी लाई ध्यानमा राखेर एसो गरिएको घिमिरे बताउछन।त्यसो त रोजगारिको सिलसिलामा अन्यत्र जानू पर्ने हरुको लागि समेत बिहान १० बजे सम्म र बेलुका ५ बजे पछिको लागि उपयुक्त समय भएको घिमिरेले बताउनु भयो।

ललितपुर खण्डमा पर्ने बगुवाबाट काल्चे, छपेली, झाँक्रीडाँडा, तिनपाने, टीकाभैरव, चापागाँउ, सातदोबाटोसम्म ३९ किलोमीटर रहेको छ । यो सडकखण्डको धेरै जसो सडक पीच भइसकेको छ ।भने झाकृडाडा देखि काल्चे सम्म कडा च्ट्टानको कारण निर्माणकाॠ ढिला भएको छ।यो खण्डको हरेक १०० मिटर दुरिमा पहिरो रहेको छ ।

Related Articles

Back to top button