समाचार

शारदा शिक्षामा बालविवाह न्यूनीकरण सम्बन्धी छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न

बाबुलाल स्याङ्तान तामाङ  ललितपुर, प्रदेश र स्थानीय तहको एउटै सन्देश बालविवाह मुक्त हाम्रो प्रदेश” भन्ने मुल नाराका साथ `बालविवाह न्यूनीकरण सम्बन्धी छलफल एवं अन्तरक्रिया कार्यक्रम २०७९ ललितपुरको बागमती गाउँपालिका स्थित श्री शारदा शिक्षा सदन मा.वि. मा आज सम्पन्न भएको छ।ह

बागमती गाउँपालिका कार्यालय अन्तर्गत महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा कार्यक्रम गरिएको उक्त शाखाका अधिकृत अम्बा बास्तोलाले बताउनुभयो ।

कार्यक्रममा कक्षा ६ देखि १० सम्मका छात्र छात्राहरुलाई बालक र बालिकाहरु बीच उमेर वृद्धि सँगै शारीरिक परिवर्तनमा हुने र शारीरिक स्वरूपमा नै परिवर्तन देखिने हुने हुँदा किशोर तथा किशोरीहरूको प्रजनन, मानसिक, बौद्धिक, आर्थिक तथा अन्य क्षेत्रमा विकास हुन्छ र उनीहरू परिपक्व हुने गर्दछन् । यी परिवर्तनहरूमा यौनसम्बन्धी परिवर्तन एकदमै प्रमुख हुन्छन् भन्ने कुराहरुलाई तालिम मार्फत स्पष्ट पारिएको थियो।

विहान १० बजेदेखि करीब १ बजेसम्म सञ्चालित उक्त कार्यक्रममा बागमती गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामी, प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्ट , लेखा शाखा अधिकृत दण्डपानी पौडेल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका अधिकृत अम्बा बास्तोला, वडा नम्बर ५ वडा अध्यक्ष नवराज तिमल्सिना , वडा सचिव रमेश तिमल्सिना लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सम्पुर्ण विध्यार्थी किशोर तथा किशोरीहरुलाई आत्मरक्षक तालिम समेत प्रदान गरिएको थियो गाउँपालिकाका सातै वडाभित्र रहेका मा.वि.सम्म सञ्चालित बिधालयहरु उक्त कार्यक्रम पुर्याउने लक्ष्य रहेको शाखा अधिकृत बास्तोलाले बताउनुभयो

कार्यक्रम बागमती गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष नबराज तिमल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो।

Related Articles

Back to top button